गृहपृष्ठ खबर चट्याङ लागेर ४५ वर्षीया महिला र बार्दलीबाट लडेर २१ महिने शिशुको मृत्यु

चट्याङ लागेर ४५ वर्षीया महिला र बार्दलीबाट लडेर २१ महिने शिशुको मृत्यु

प्रकाशित मिति:

९ चैत, खोटाङ । खोटाङमा बेग्लाबेग्लै घटनामा परेर दुई जनाको मृतयु भएको छ । एक जनाको चट्याङ लागेर मृत्यु भएको हो भने अको २१ महिने शिशु घरको बार्दलीबाट लडेर निधन भएको छ ।

केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको हो ।

आज बिहान ४ः०० बजे दिलकुमारीको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

यसैगरी, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाडौँ लाने क्रममा बाटोमै मृत्यु भएको विष्टले जानकारी दिए ।

सम्बन्धित् समाचार