गृहपृष्ठ खबर सिद्धार्थ माविले गुणस्तरीय शिक्षामा उदाहरणीय प्रगति हासिल गरेको छ : नगरप्रमुख अर्याल

सिद्धार्थ माविले गुणस्तरीय शिक्षामा उदाहरणीय प्रगति हासिल गरेको छ : नगरप्रमुख अर्याल

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई गुणस्तरिय शिक्षाको हबका रुपमा विकास गर्न नगरले आवश्यक कदमहरु चालिरहेको बताएका छन् । सोही अनुसार नगरले विद्यालयहरुमा पूर्वाधार विकाससंगै आवश्यक प्रबन्ध गरिरहेको उनले बताए । बाणगंगा नगरपालिका– १ बुङ्चीमा अवस्थित सिद्धार्थ माविको ३७औं बार्षिकोत्सव, अभिभावक भेला, बार्षिक नतिजा प्रकाशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सिद्धार्थ माविले हरेक बर्ष गुणस्तरीय शिक्षाको क्षेत्रमा प्रगति हासिल गर्दै आएको बताए । उदाहरणीय विद्यालयको रुपमा स्थापित हुदैं गएको बताए । हरेक बर्ष विधार्थीहरुको बढ्दो चापले भौतिक पूर्वाधारको अभाव हुदैं गएको उनले बताए । यस समस्यालाई नगरले महसुस गरेको बताउँदै उनले भने, ‘भौतिक पूर्वाधार, फर्निचर र व्यवस्थित कक्षाकोठाको समस्यालाई नगरसंगै विद्यालय र यस क्षेत्रका वनसंगको सहकार्यमा समाधान गर्ने लक्ष्य छ ।’

उनले पूर्वपश्चिम राजमार्गसंग जोडिएको यस विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दो रहेको बताए । उनले नगरका ७४ वटा विद्यालयहरुमा २९ हजार विधार्थीहरुले अध्ययन गरिरहेको बताए । समग्र कपिलवस्तुको एसईईको रिजल्टमा ५० प्रतिशत भन्दा बढी विधार्थीहरु बाणगंगाबाट उर्तिण हुने गरेको उनले जिकिर गरे ।

उनले यस क्षेत्रबाट एसईई उतिर्ण गरेका विद्यार्थीहरुले चिकित्सा शास्त्र, ईन्जिनिरिङ्ग, वन विज्ञान, कृषिबाली लगायतमा पूर्णछात्रावृतिमा अध्ययन गरिरहेको बताए । यसले बाणगंगाको शिक्षाको गुणस्तर अन्य जिल्लाको शिक्षाको स्तर भन्दा कमजोर नरहेको प्रष्ट हुने उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले आफुहरुले विधार्थीहरुको सर्वाङ्गीण पक्षको विकास गर्न चाहेको बताए । उनले गुणस्तरीय शिक्षाको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । उनले सिद्धार्थ मावि विद्यार्थी र अभिभावकको विश्वासलाई जित्दै अघि बढेको बताए । उनले यस विद्यालयलाई नमुना विद्यालयका रुपमा स्थापित गर्ने अभियानमा आफुहरु रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक दल बहादुर थापा ‘ईश्वर’ ले सिद्धार्थ माविले विद्यार्थीहरुलाई सँस्कारसहित शिक्षामा जोड दिएको बताए । उनले विधार्थीहरुको सर्वाङ्गीण पक्षको विकासका लागि विद्यालयले विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउँदै ति कार्यक्रम प्रभावकारी सावित भएको बताए ।

उक्त कार्यक्रममा बार्षिक नतिजा प्रकाशनसंगै विधार्थी, अभिभावक, शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित् समाचार