वैखरी अनलाईन, बाणगंगा ।
रायमाझी परिवार उदाहरणीय कार्य : विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा नं.९ जिनुवामा रहेको श्री शुद्धोदन जनजीवन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा तुल्सीदेवी तथा खिम बहादुर रायमाझी प्रतिष्ठानबाट एक लाख १ हजार १११ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको हो ।
प्रतिष्ठानबाट महोत्सवमा केही सहयोगसंगै बिद्यालयमा मुवा र बुवाको नामबाट हाल रु एक लाख १ हजार १११ बराबरको अक्षयकोष स्थापना गरेको ध्रुब रायामाझीले बताउनुभयो ।
विपन्न तथा आर्थिक रुपले कमजोर परिवारका गरिब जेहेन्दार विधार्थीहरुलाई पठनपाठनमा हरेक वर्ष केही सहयोगहोस् भन्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । प्रतिष्ठानको नामवाट अक्षयकोष राख्न पाउदा गौरवको अनुभव भएको बताउँदै उहाँले रायमाझी परिवारकोे यस्तो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।
उहाँले शिक्षासंगै समाजका अन्य क्षेत्रमा प्रतिष्ठान स्थापना गरि सहयोग गर्ने सोच रहेको बताउनुभयो । ‘विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुनेछ । यहाँका गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने विश्वास छ,’ उहाँले भन्नुभयो ।
गरिबी र विपन्नताका कारण बीचमै पढाई छाड्ने प्रवृत्ति बढेको बताउँदै उहाँले कोषले त्यस्ता विद्यार्थीहरुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शैक्षिक क्षेत्रको विकासका लागि रायमाझी परिवारले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरिएको थियो ।