गृहपृष्ठ खबर कपिलवस्तुमा साथीसंग नुहाउन गएका ८ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

कपिलवस्तुमा साथीसंग नुहाउन गएका ८ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिका ४ पोखरभिटवामा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ५ बजे साथीहरूसँग घर नजिकै रहेको माछा पोखरीमा नुहाउने क्रममा सैफुल ईसलाम शेषका ८ वर्षीय छोरा आरसलामको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार पोखरीमा डबुेर अचेत भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।डाक्टरहरूले बालकलाई मृत घोषणा गरेका थिए।

बालकको शवको पोस्टमर्टमपछि परिवारलाई बुझाइएको छ।

सम्बन्धित् समाचार