गृहपृष्ठ खबर खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

प्रकाशित मिति:

काठमाण्डौ – धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहकोे डुबेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर हिजो दिउँसो दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताउनुभयो ।

हिजो घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।

सम्बन्धित् समाचार