गृहपृष्ठ Featured ‘एग्रिवस्तु कृषितारा २०८२’ को अवार्ड केवटलाई : कसले के अवार्ड जिते ?

‘एग्रिवस्तु कृषितारा २०८२’ को अवार्ड केवटलाई : कसले के अवार्ड जिते ?

प्रकाशित मिति:

कपिलवस्तु ।

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रिवस्तु कृषितारा २०८२ अवार्ड प्रदान गरिएको छ। दीप कुमार उपाध्याय फाउन्डेसनको आयोजनामा बुद्धभूमि नगरपालिका(१० धनकौलीमा आयोजित कपिलवस्तु एग्रिवस्तु कृषि तारा प्रतियोगिताको पुरस्कार घोषणा कार्यक्रममा स्थानीय कृषक बहरैची केवटलाई १ लाख रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरिएको हो।

यसै गरी ७५ हजार रुपैयाँ राशीको एग्रिवस्तु कृषि तारा द्वितीय पुरस्कार पनि बुद्धभूमि नगरपालिका(१० कै कृषक कृष्ण मोहन केवटले प्राप्त गरेका छन्। ५० हजार रुपैयाँ राशीको एग्रिवस्तु कृषि तारा तृतीय पुरस्कार शिवराज नगरपालिकाका मौरीपालक कृषक कृष्णलाल भारतीले पाउन सफल भएका छन्।

५० हजार राशीको उत्कृष्ट कृषि उद्यमी पुरस्कार विदेशबाट फर्किएर स्थानीय स्तरमै कृषि पेसामा उत्कृष्ट बनेका वाणगंगा नगरपालिकाका दल बहादुर रानालाई प्रदान गरिएको छ। एग्रिवस्तु उत्कृष्ट महिला कृषकका रूपमा शिवराज नगरपालिकाकी महिला कृषक दुर्गा अर्याललाई ५० हजार पुरस्कार प्रदान गरिएको छ।

सो अवसरमा ५ जना कृषकलाई एग्रिवस्तु कृषि तारा सान्त्वना पुरस्कार स्वरूप विभिन्न कृषि सामग्रीहरू प्रदान गरिएको छ। यसरी पुरस्कृत हुने कृषकहरूमा सत्यभामा केटव, सन्तोष कुमार चौधरी, राम बहादुर थारु, सत्य नारायण थारु र वैभव प्रताप शाह रहेका छन्।

सम्बन्धित् समाचार