गृहपृष्ठ flash कपिलवस्तु अस्पतालका अध्यक्ष प्रजापतिले गरे पदभार ग्रहण

कपिलवस्तु अस्पतालका अध्यक्ष प्रजापतिले गरे पदभार ग्रहण

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तु अस्पताल बिकास समिति तौलिहवाको अध्यक्ष पदमा मनोनित नेकपा एमालेका युवा नेता तथा नगर अध्यक्ष श्याम प्रकाश प्रजापतीको पदभार तथा शुभकामना कार्यक्रम गरिएको छ । कपिलवस्तु अस्पतालमा आयोजित कार्यक्रममा प्रजापतीले पदभार ग्रहण गरेका हुन ।

जेठ ३० गतेको स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशको मन्त्रीस्तरीय निर्णयले अध्यक्षमा मनोनयन भएका प्रजापतीले सबै पक्ष सँगको सहकार्यमा अस्पतालको सेवा प्रभावकारी बनाउन लागी पर्ने प्रतिबद्धता जनाए । अस्पतालको सेवा बिस्तार र गुणस्तर अभिबृद्धि आफ्नो प्राथमिकतामा रहेको उनले जनाए ।

कपिलवस्तु अस्पतालमा समय समयमा व्यवस्थापकिय कमी कमजोडी देखिने गरेकोमा ति कमी कमजोडी सुधार्न सबै पक्ष बिच सहकार्य आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए । अस्पताल व्यवस्थापन समितिमा युवा नेतृत्व आएकाले अस्पतालको सेवा प्रवाहमा सुधार आउने लुम्बिनी प्रदेश सदस्य मधुसुदनशरण चौधरीको भनाई थियो ।

अस्पतालले अपेक्षाकृत सेवा प्रवाह गर्न नसकिरहेको अहिलेको अवस्थामा सेवा सुधारमा सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । अस्पतालबाट प्रदान गरिने सुत्केरी सेवा प्रभावकारी नभएको, सेवा प्रवाह भन्दा बढि रिफर गर्ने गरेको गुनासो आउने गरेकाले सो बिषय सुधार्न उनले सुझाव दिए । अस्पतालमा राजनिती भन्दा पनि सेवा भावले काम गर्न आवश्यक रहेकोमा आचार्यले जोड् दिए ।

सम्बन्धित् समाचार