गृहपृष्ठ खबर डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

प्रकाशित मिति:

काठमाण्डाै – गैरकानूनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ललितपुर महानगरपालिका–४ दमकल चोकमा रहेको एक घर भाडामा लिई ‘सोसल सफ्टवेयर डेलभपमेन्ट कम्पनी प्रालि’ दर्ता गरी गैरकानूनी रूपमा कल सेन्टर तथा ‘मिटू’ डेटिङ एप सञ्चालन गर्दै आएका थिए । यस्तै उनीहरूले कम्पनीको शाखाका रूपमा काठमाण्डौ महानगरपालिका–१३ चागलमा एक घर भाडामा लिई नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्काम तथा क्रिप्टो कारोबार गर्ने गरेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ बरामद गरेको सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्काले बताउनुभयो ।

सम्बन्धित् समाचार