काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि बैङ्किङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।








