वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा भन्सार छली चोरी पैठारी गरिएको माछा कपिलवस्तुमा बरामद गरी नष्ट गरिएको छ।
आजे बिहान करिव ११ बजे कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२, तौलिहवा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सो माछा बरामद गरेको हो।
प्रहरी नायब निरीक्षक बिराट शर्मा पौडेलको कमाण्डमा खटिएको पाँच जनाको चेकिङ टोलीले बुटवलबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ ख ८६२९ नम्बरको बसको पछाडिको डिक्कीमा लुकाइछिपाई राखिएको अवैध बैखि माछा करिब १५० केजी (मुल्य करिब ४० हजार रुपैयाँ) बरामद गरेको बताइएको छ।
बरामद गरिएको माछा ईलाका प्रहरी कार्यालय गोरुसिंगे, कपिलवस्तुमा ल्याई पत्रकार, जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा खाडल खनी नष्ट गरिएको प्रहरीले जनाएको छ।








