गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा स्कुटर दुर्घटना ः १ जनाको मृत्यु

कपिलवस्तुको बाणगंगामा स्कुटर दुर्घटना ः १ जनाको मृत्यु

वैखरी अनलाइन, कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

लु ८७ प ७२१३ नम्बरको स्कुटर सडक छेउमा रहेको कुलोमा खसेको अवस्थामा भेटीएको हो ।

दुर्घटनापछि स्थानियले उनलाई देखेको र मृत्यु भइ सकेको बताएका थिए ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीका बर्ष ३० का हेमन्त गुरुङ रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।

सम्बन्धित् समाचार