गृहपृष्ठ Featured निकोलस भुसाल ५० हजार धरौटीमा रिहा

निकोलस भुसाल ५० हजार धरौटीमा रिहा

काठमाडौं ।

सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् ।

कार्तिक १८ गते गोरखाको रानीवन क्षेत्रमा रहेको सरस्वती आश्रमबाट पक्राउ परेका उनी आज धरौटीमा रिहा भएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता पनि भएको थियो ।

सम्बन्धित् समाचार