नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेकपा एमाले अध्यक्ष केपी ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने विश्वास व्यक्त गरे ।
उनले नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताए ।
गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।







