गृहपृष्ठ Featured कपिलवस्तुको महाराजगञ्जमा १८५ जनामा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

कपिलवस्तुको महाराजगञ्जमा १८५ जनामा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

कपिलवस्तुको महराजगंज नगरपालिकमा संचालित तीन दिने निःशुल्क आँखा शिविरमा गुमेको आँखाको ज्योति फर्किदा बृद्धबृद्धाहरु दङ्ग परेका छन्। शिविरमा १ सय ८५ जनाको मोतियाबिन्दुको अप्रेशन गरिएको थियो।

शिविरमा गरिब बिपन्न, एकल, असहाय र दैनिक ज्याला मजदुरी गर्नेको आँखाको अप्रशेन गरिएको थियो। शिविरमा ७ सय ७१ जनाको निःशुल्क आँखाको जाँच गरिएकोमा १८५ जनामा मोतियाबिन्दु देखिएको थियोे।

महराजगंज नगरपालिकाको आयोजना तथा छन्दकाले बावु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर गरिएको हो। ५ सय बढीलाई चश्मा र औषधि बितरण गरिएको थियो।शिविरमा महाराजगंज नगरपालिकाका वडा नम्बर ११ र अन्य वडाबाट समेत उपचारका लागि पुगेका थिए।निःशुल्क अप्रशेनपछि लाभग्राहीहरुले आफुहरुले नयाँ संसार देख्न पाएको भन्दै खुशी ब्यक्त गरे।

महराजगंज नगरपालिका वडा नम्बर ११ की ८० वर्षीया अनरुन निशाले आर्थिक अभावले मोतियाबिन्दुको अप्रशेन गर्न नसकेको दुबैले आफनो गाउँमा गुमेको आँखाको ज्योति फर्किदा खुशी व्यक्त गरिन।५ वर्षदेखि आँखा नदेख्दा कष्टकटर जीवन बिताउन बाध्य भएकी उनले अब भने आँखा देख्ने भएपछि आफूले नयाँ जीवन पाएको बताईन।

शिविरमा निःशुल्क मोतियाबिन्दुको अप्रशेनको सेवा पाए उदयपुरका ८५ वर्षीय पाली मुराउले आफूले नयाँ जीवन पाए जस्तै भएको बताए।घरआँगन मै उपचार सेवा पाउँदा दङ्ग परका उनले नयाँ संसार देख्न पाएको बताए।वर्षौदेखि मोतियाबिन्दुबाट ग्रसित बनेकाले उनले राम्ररी आँखाले हेर्न सक्दैन थिए। उनलाई जीवनयापनमा समस्या हुँदै आएको थियो।

बिपन्न हबीबुल्लाहले आर्थिक अभावका कारण अँन्धारमा बस्न बाध्य थिए।शिविरमा जाँचपछि एक दिन मै उनको अप्रेशन गरिएको थियो। अप्रेशनपछि उनले आँखा देख्न थालेका छन्। गुमेको आँखाको ज्योति फेरि पाएपछि उनी निकै हर्षित छन। ‘गुमेको आँखाको ज्योति पाएको छु, नयाँ जीवन पाए जस्तो लागेको छ’ उनले भने।फेरि आँखा देख्न पाउछु भन्ने आश मारेर बसेका उनले आँखा देख्न पाएकोमा आयोेजकलाई धेरै धेरै धन्यवाद दिए ‘बचेको जीवनमा आँखाले आफनो परिवार, समाज, सर्बैलाई हेरेर मर्न पाउने भए’ उनले खुशीको आशु झार्दै भने।

यस्तै शिविरमा आँखाको अप्रेशनपछि ७५ वर्षे चौथी अहिरले आँखा देख्ने भएपछि नयाँ अनुभुति भएको बताए। निःशूल्क अप्रेशनसहित चश्मा समेत पाएर दंग परेका उनले आफूलाई निकै रमाईलो लागेको बताए।

शिविरमा आएका ती दुई जस्तै नै बृद्धबृद्धा बिपन्नहरु नया आँखाको ज्योति पाउदा दंग छन्। कार्यक्रममा सहभागी पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले महाराजगंज नगरपालिकाले हरेक वर्ष आँखा शिविर राखेर राम्रो काम गरेको बताए।गरिब र बिपन्न परिवारलाई यसले पत्यक्ष फाईदा मिलेको बताए ।

महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँले बृद्धबृद्धा र बिपन्नलाई लक्षित गरी नगरपालिका भित्रै सो सेवा दिएको बताए।उनले बिगत ८ वर्षदेखि नगरपालिकाले हरके वर्ष यसरी फरक फरक वडामा एकल, असहाय र दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई लक्षित गरी शिविर संचालन गर्दै आएको बताए। ‘नगरबासीहरुलाई गरको प्रतिबद्धता अनुसार काम गरेका छु,’ उनले भने।शिविरमा गुुमेको आँखाको ज्योति फेरि पाएर खुशी भएको देँख्दा आफनो मन प्रशंन्न भएको उनले बताए।‘बृद्धबृद्धाहरु हर्षित भएको देख्दा उनीहरुको आर्शिबाद पाए जस्तो लागेको छ,’ उनले भने।

लाभग्राहीलाई भेटेर खुशी साटासाट गर्न पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, मेयर कलाम र उपमेयर रीता कुमारी कुर्मीसमेत शिविर पुगेका थिए।उपमेयर कुर्मीले नगरपालिको योजना अनुसार सेवाग्राहीलाई घर आगनमै सेवा दिने उद्देश्य अनुरुप बिगत वर्षहरुदेखि नै यस्ता क्याम्प संचालन गर्दै आएको बताईन्।

रकम अभावमा मोतियाबिन्दुको शल्यक्रिया गर्न नसकेकालाई शिविर लक्षित गरिएको थियो।शिविर कात्तिक २४ देखि २६ गतेसम्म चलेको थियो। बिभिन्न वडामा आँखाको चेकजाच गरी फेला परेको मोतियाबिन्दुको बिरामीको महाराजगंजमा निर्माण भएको नयाँ अस्पतालमा भवनमा अप्रेशन गरिएको थियो।

 

सम्बन्धित् समाचार