गृहपृष्ठ Featured बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी कार्यालयमा आगजनी र तोडफोड

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी कार्यालयमा आगजनी र तोडफोड

तस्बिर : एजेन्सी

बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आक्रमण भएको छ । चुनाव नजिकिँदै गर्दा हिंसात्मक घटनाहरु बढेका एपी न्यूजले जनाएको छ ।

हिजो पूर्वप्रधानमन्त्री हसिनाको पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । यस्तै छुरा प्रहारबाट एक जनाको ज्यान समेत गएको छ । दुई महिनापछि फेव्रोअरीमा चुनाव गर्ने सरकारको लक्ष्य रहेपनि वातावरण बिग्रँदै गएको छ ।

अवामी लिगले आउँदो आइतवारसम्म देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखेको छ । तर सरकारले अवामीलाई राजनीतिक गतिविधि गर्न रोक लगाएको छ ।

यस्तो अवस्थामा अवामी लिगले गर्ने राजनीतिक गतिविधिविरुद्ध सरकार समर्थक विभिन्न राजनीतिक दल तथा समूहले प्रदर्शन गर्ने चेतावनी दिएका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको मुद्दामा आउँदो सोमबार फैसला सुनाइने खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार