गृहपृष्ठ Featured लुम्बिनी प्रदेशको सातौँ अधिवेशनमा केही विधेयक पेस गरिँदै

लुम्बिनी प्रदेशको सातौँ अधिवेशनमा केही विधेयक पेस गरिँदै

बुटवल ।

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन्। कात्तिक २४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख घर्तीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमबार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुव कुँवरले बताए ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।

त्यस्तै दलित अधिकारसम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने सरकारको तयारी छ । विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि प्रदेशसभाको जानकारीका लागि दर्ता भएका छन । लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो ।

सम्बन्धित् समाचार