गृहपृष्ठ Featured सन्ताेष परियारद्वारा रास्वपा परित्याग

सन्ताेष परियारद्वारा रास्वपा परित्याग

फाइल तस्वीर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य एवम् पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएको छ ।

विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले आज पार्टी परित्याग गरेको जानकारी दिनुभयो । उहाँले नयाँ अभियान शुरू गर्नका लागि रास्वपा पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ ।

परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाउनुभएको हो । यसअघि रास्वपाकाे तर्फबाट शिक्षामन्त्री बन्नुभएकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गर्नुभएको थियो ।

सम्बन्धित् समाचार