गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २८ कार्तिक ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नयाँ प्रशासकीय भवनको शिलान्यास गरिएको छ । बिहीबार जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यद्वारा प्रशासकीय भवनकाे शिलान्यास गरिएको हाे ।

प्रशासकीय भवन ३ करोड ९१ लाख ५ सय ५६ रुपैयाँ लागतमा निर्माण हुन लागेकाे गाउँपालिकाका प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीले जानकारी दिए ।

 

भवन निर्माणको ठेक्का एम.एस. सिभिल-एम.एस. जेभी शिवराज-५ चन्द्राैटालेले पाएको छ । निर्माण व्यवसायीका अनुसार आगामी असार मसान्तभित्रै भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

 

नयाँ प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाको कार्य सम्पादन, व्यवस्थापन र सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरिएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भवनले स्थानीय सेवाग्राहीलाई झनै प्रभावकारी सेवा प्रदान गर्न मद्दत गर्ने बताए ।

भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी लगायत स्थानीयहरुकाे सहभागीता थियोे ।

सम्बन्धित् समाचार