गृहपृष्ठ Featured कपिलवस्तुमा मनाईयो स्वर्गीय भगवादनदास गुप्ताको २८ औ पुन्य तिथी

कपिलवस्तुमा मनाईयो स्वर्गीय भगवादनदास गुप्ताको २८ औ पुन्य तिथी

कपिलवस्तु २८ कार्तिक ।

कपिलवस्तुका चर्चित नेता स्वर्गीय भगवानदास गुप्ताको २८ औ पुन्य तिथी कपिलवस्तुमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । भगवानदास स्मृति प्रतिस्ठानको आयोजनामा तौलिहवामा स्मृति सभा, बाल मन्दिरका बेसाहरा बालक र कपिलस्तु अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।

बाल मन्दिर अघि रहेको स्वर्गीय गुप्ताको शालीकमा माल्यापर्ण समेत गरिएको थियो ।

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे पुर्व मन्त्री बलराम घिमिरे, प्रदेश सदस्य बिष्णु पन्थी, प्रदेश सदस्य गिरीधारीलाल न्यौपाने, राष्ट्रिय सभा पुर्व सदस्य दिर्घनारायण पाण्डेय, प्रदेश सदस्य नवराज लामिछाने, पुर्व मनत्री दान बहादुर चौधरी, पुर्व प्रदेश मन्त्री धरम बहादुरलाल श्रीवास्तव, यशोधरा गाउपालिका प्रमुख शिव दयाल तिवारी लगायतले स्वर्गीय गुप्ताले कपिलवस्तुको विकासमा स्वर्गीय गुप्ताले दिएको योगदानको चर्चा गरेका थिए ।

पुर्वसांसद तथा प्रतिस्ठानका अध्यक्ष बृजेश कुमार गुप्ताको अध्यक्षता र जर्नादन गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार