गृहपृष्ठ Featured गोली प्रहारबाट वडाअध्यक्षको हत्या

गोली प्रहारबाट वडाअध्यक्षको हत्या

२८ कात्तिक, जनकपुरधाम ।

धनुषामा मृत्यु संस्कारमा सहभागी हुन गएका बेला मिथिला बिहारी नगरपालिकाका वडाअध्यक्षमाथि गोली प्रहार भएको खुलेको छ ।

मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका सोही वडाका अध्यक्ष विन्देश्वर यादवमाथि विवादका क्रममा गोली प्रहार भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।

सम्बन्धित् समाचार