बागलुङमा एक पुरुषको शव फेला परेको छ।
बडिगाड गाउँपालिका–५ खौलारास्थित दाँगखोलामा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भने हुन सकेको छैन।
खोलामा अनुहार डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शवको सनाखत प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए।







