रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार युवकको मृत्यु भएको छ।
बाँफिकोट गाउँपालिका –७ बास्तोलामा गएराति मोटरसाइकल दुर्घटनामा परेको हो। यो दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार नदुवाबाट राडीतर्फको भित्रि सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक बाँफिकोट गाउँपालिका –७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारको लागि जिल्ला असपताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अर्का घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीव्र गतिको कारण माेटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।







