बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमण परी बारबर्दिया नगरपालिका– ११ विजयनगरकी ५९ वर्षीया गोपी थारूको मृत्यु भएको हाे ।
घरनजिक रहेको काला बेलभार सामुदायिक वनमा स्याउला काट्न जाँदा चितुवाकाे आक्रमणबाट मृत्यु भएको बारबर्दिया नगरपालिका– ११ का वडाध्यक्ष विजकुमार चौधरीले बताए ।
उनले भने, ‘वनमा घाँस काट्न गएकी गोपीको मृत्यु भएको छ।’ मृतकको साथमा गएका ३१ वर्षीया इन्दिरा थारू र २९ वर्षीया मनीषा दहित चितुवालाई देखेर भाग्ने क्रममा घाइते भएका छन्।
घाइतेलाई स्वास्थ्य उपचारका लागि बारबर्दिया नगरपालिका– ६ जयनगरमा रहेको नगर अस्पताल जयनगर पठाइएको छ । बर्दियामा पछिल्लो समय सामुदायिक वनमा चितुवाको आक्रमण बढ्दै गएको छ ।







