गृहपृष्ठ Featured दुर्गा प्रसाईं भन्छन्- फागुन २१ मा चुनाव हुँदैन

दुर्गा प्रसाईं भन्छन्- फागुन २१ मा चुनाव हुँदैन

काठमाडौं ।

व्यवसायी दुर्गा प्रसाईंले आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने जिकिर गरेका छन् । शनिबार (मंसिर १३) प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने जिकिर गरेका हुन् ।

उनले वर्तमान सरकारमा भएकाहरूको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गरे । वर्तमान सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको उनले जिकिर गरे ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप उनले लगाए । उनले आफूले हालसम्म कुनै पनि भ्रटाचार र अनियमितता नगरेको जिकिर गरे ।

“चुनाव नै हुँदैन । चुनाव नहुने क्लियर छ । अहिलेको सरकारको नेतृत्वमा रहेकाहरूको पनि जात एउटै हो । विगतका सरकारभन्दा फरक छैन,” उनले भने, “अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ । केको भ्रष्टाचारविरोधी ? मैले कुनै अनियमितता गरेको छैन ।”

उनले यही मंसिर २२ गते प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरूसहित भेटवार्ता गर्ने बताए । प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरूका माग सम्बोधन गर्नेमा आधा मात्र विश्वस्त रहेको उनले उल्लेख गरे ।

माग पूरा नभए आन्दोलन हुने उनले उनले चेतावनी दिए । उनले आफ्ना माग नाजायज नरहेको पनि बताए ।

-न्युज एजेन्सी नेपाल

सम्बन्धित् समाचार