गृहपृष्ठ खबर ‘आ बाट आमा’ को मर्मस्पर्शी टिजर सार्वजनिक

‘आ बाट आमा’ को मर्मस्पर्शी टिजर सार्वजनिक

फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा विदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने कथा प्रस्तुत गरिएको छ।

टिजरमा अभिनेता पल शाहले सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएको देख्न सकिन्छ। छोराको बिदाई गर्नुअघि बुबाआमाले रात रोएरै कटाउँछन्।

फिल्मको मार्मिक र ममस्पर्शी टिजरमा  विपना थापा र प्रदीप रावतको अभिनयले टिजरमै भावुक बनाउन सफल भएका छन्।

आर्या इन्टरटेन्मेन्ट प्रा।लिको प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी  माघ १६ गतेबाट रिलिज हुँदैछ। फिल्ममा  प्रदीप र विपनासहित पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतले अभिनय छ। साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन्।

निर्देशक पन्तकै कथा, पटकथा रहेको यस फिल्ममा अभिमन्यू निरवीले लेखेका हुन्। फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।

करण सिंह रसाइली कार्यकारी निर्माता रहेको फिल्मलाई आर आर फिल्मस्का लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्दैछन् ।

सम्बन्धित् समाचार