दाङ – राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा आगलागी भएको छ । आगलागीका कारण एउटा ट्रस्ट भवनसहित ठूला साना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट भएको छ ।
झन्डै ६७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । राप्ती गाउँपालिकाले पुन्यपुरमा फोहर व्यवस्थापन गर्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार सुरक्षाकर्मी, स्थानीयबासिन्दा, गढवा र राप्ती गाउँपालिकाको दमकललगायतको सहयोगमा आगो निभाउन झन्डै दुई घण्टा लागेको थियो । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









