काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ बाट सूर्य कुमार भट्टराई (मनोज भट्टराई) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी धरान उप महानगर वडा नम्बर १७ का वडा अध्यक्ष हुन् ।
वडाध्यक्ष हुँदा उनले धरानका मेयर हर्क साम्पाङको कार्य शैलीका प्रति आलोचना गर्दै आएका थिए । उनले मेयर साम्पाङले गरेको कार्यशैलीका विषयमा कार्यपालिका बैठकमा तथ्य सहित कुरा राख्दै आएका थिए । उनले साम्पाङलाई गर्ने प्रश्न र आलोचनाका कारण उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् । भट्टराई तत्कालीन माओवादी केन्द्र धरान नगर कमिटीका अध्यक्ष समेत हुन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट मेयर साम्पाङले समेत उम्मेदवार बन्ने घोषणा गरेका छन् । मेयर साम्पाङले भने श्रम संस्कृति पार्टी गठन गरेका छन् ।









