गृहपृष्ठ खबर कांग्रेसकाे चुनाव केन्द्रित ३४ बुँदे परिपत्र : चुनाव जित्ने नाममा जे पनि आश्वासन दिन प्रतिबन्ध

कांग्रेसकाे चुनाव केन्द्रित ३४ बुँदे परिपत्र : चुनाव जित्ने नाममा जे पनि आश्वासन दिन प्रतिबन्ध

काठमाण्डाै – नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका सन्दर्भमा पार्टीका निकायहरूमा ३४ बुँदे परिपत्र पठाएको छ । चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन उम्मेदवारलगायतलाई सचेत गराउँदै कांग्रेसले मातहतका निकायमा निर्देशन पठाएको हा ।

पार्टीले राष्ट्रिय योजनाहरूबारे केन्द्रको टोलीले दृष्टि निर्माण गर्ने र स्थानीय परियोजनाका सम्बन्धमा आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता राख्नुपर्ने भन्दै भौतिक निर्माणका परियोजनाबारे कुनै पनि क्षेत्रमा लहडका आधारमा नबोल्न भनेको छ । पत्रमा दबाव दिएर आर्थिक सहयोग सङ्कलन नगर्न पनि निर्देशन दिइएको छ ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको छ । समितिले बनाएको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भइसकेको छ ।

१ सय ६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको कांग्रेसले घोषणापत्र फागुन २ गते सार्वजनिक गर्ने तयारी गरेको छ ।

सम्बन्धित् समाचार