गृहपृष्ठ खबर इरानी सेनाको नियन्त्रणमा नेपाली नागरिक

इरानी सेनाको नियन्त्रणमा नेपाली नागरिक

काठमाडौँ — इरानी सुरक्षा फौजले उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झालाई हर्मुजको जलघाटी क्षेत्रबाट नियन्त्रणमा लिएको छ । इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको हो ।

अमृतकी दिदी पूजा झाका अनुसार अमृत इरानी सेनाको नियन्त्रणमा रहेको ‘भ्वाइस मेसेज’ केही दिनअघि ह्वाट्सएपमा आएको थियो । ‘

आठ दिनअघि एउटा नचिनिएको नम्बरबाट ह्वाट्सएपमा भ्वाइस मेसेज आएको थियो, मेसेजमा भाइले हामीलाई इरानी सेनाले कस्टडीमा लिएको छ, अरू भारतीय पनि पक्राउ परेका छन् भनेको थियो,’ पूजाले शुक्रबार  भनिन्, ‘पछि हामीले त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा हुन सकेन ।’

इरानी सेनाले हामीलाई कस्टडीमा लिएको छ भनेर भाइले अचानक आठ दिनअघि ह्वाट्सएपमा भ्वाइस मेसेज पठाएको थियो, पछि त्यो नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन : पूजा झा अमृतकी दिदी।पूजाका अनुसार, अमृत दुई वर्षअघि कामको सिलसिलामा दुबई गएका हुन् । उनी त्यहाँको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा काम गर्थे ।

 

‘पछिल्लो पटक १२ जनवरीमा भाइको फोन आएको थियो, त्यसबेला उसले म अहिले इरानमा छु, मेरो काम सकिन लाग्यो, त्यसपछि म सिधैं नेपाल आउँछु भनेको थियो,’ पूजाले थपिन्, ‘तर अचानक भाइ पक्राउ परेको भ्वाइस मेसेज पाएपछि हामीले उसको खोजी गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौं । मेरो भाइको यथाशीघ्र रिहाइका लागि पहल गरिदिन म नेपाल सरकारसँग अनुरोध गर्छु ।’

सम्बन्धित् समाचार