वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघको बैठक सम्पन्न भएको छ । उक्त बैठक विहीबार चार नम्बर स्थित संघको सभाहलमा सम्पन्न भएको हो । बैठकले संघको १७औँ वार्षिक साधारण सभा आगामी चैत १७ गते गर्ने निर्णय गरेको छ।
संघका महासचिव नवदत्त घिमिरेका अनुसार साधारण सभालाई सभ्य र भव्य रुपमा सफल बनाउनका लागि आवश्यक तयारी सुरु भइसकेको छ । बैठकले विधान अध्ययन तथा संशोधन उपसमिति गठन गरेको छ।
सघंको १७ औँ साधारण सभा यही चैत्र १७ गते सघको परिसरमा बिहान ९ बजे देखि आयोजना गरिएको छ ।
बैठकमा साधारण सभामा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि आवश्यक छलफल गरिएको थियो । सो अवसरमा संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले संघको भावी योजना तथा रणनीतिबारे प्रस्तुति राख्दै निजी क्षेत्रको सशक्तिकरण, उद्योग व्यवसायको प्रवद्र्धन तथा स्थानीय आर्थिक विकासमा संघले सक्रिय भूमिका खेल्ने बताएका थिए। उनले सबै सदस्य तथा सरोकारवालालाई एकताबद्ध भई संघलाई थप गतिशील बनाउँदै लैजान आग्रह समेत गरे।
बैठकमा संघका पूर्वअध्यक्षहरू देवी पाण्डे, यज्ञप्रसाद भट्टराई, उमानाथ पौडेल तथा निवर्तमान अध्यक्ष डोलकराम घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए।








