गृहपृष्ठ खबर बुटवलमा “कानुन विद्यार्थी समाज” गठन

बुटवलमा “कानुन विद्यार्थी समाज” गठन

रुपन्देहीको बुटवलमा कानून अध्ययन हुने विभिन्न कलेज तथा विद्यालयमा अध्ययनरत कानुनका विद्यार्थीहरू एकताबद्ध भई “कानुन विद्यार्थी समाज” गठन गरिएको छ।

विद्यार्थीहरूमा कानुनी चेतना अभिवृद्धि, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व प्रवर्द्धन तथा विद्यार्थीहरूको हकहित संरक्षण गर्ने उद्देश्यसहित आयोजित “संस्था घोषणा सभा” मार्फत समाज गठन गरिएको हो।

नवगठित संस्थाको संस्थापक अध्यक्षमा विवस पाण्डे चयन भएका छन्। पाण्डे लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको स्कुल अफ ल मा दोस्रो सेमेस्टरमा अध्ययनरत कानुनका विद्यार्थी हुन्।

संस्थामार्फत अब कानुनका विद्यार्थीहरूलाई संगठित गर्दै विभिन्न शैक्षिक, सामाजिक तथा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै विद्यार्थीहरूको क्षमता विकास र अधिकार संरक्षणका विषयमा समेत सक्रिय भूमिका निर्वाह गरिने संस्थाले जनाएको छ।

सम्बन्धित् समाचार