गृहपृष्ठ खबर लुम्बिनी राइडर्सलाई २ लाखसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाको सम्मान

लुम्बिनी राइडर्सलाई २ लाखसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाको सम्मान

लुम्बिनी, वैखरी अनलाईन ।

नेपालमा पहिलो पटक काठमाडौँमा आयोजित Nepal Street Premier League (NSPL) को पहिलो संस्करणमा विजयी भई ऐतिहासिक सफलता हासिल गरेको लुम्बिनी राइडर्स टिमलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले सम्मान गरेको छ ।

विजयी टिमको सम्मानका क्रममा नगरपालिकाले लुम्बिनी राइडर्सका खेलाडीहरूलाई दोसल्ला ओढाई, खादा माला लगाई सम्मान गर्दै नगद रु २ लाख (दुई लाख) सहित सम्मानपत्र प्रदान गरेको हो ।

कार्यबाहक नगरप्रमुख कल्पना हरिजनको अध्यक्षतामा आज बुधबार बसेको कार्यपालिका बैठकले ऐतिहासिक सफलता हासिल गरेको लुम्बिनी राइडर्स टिमलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो ।

कार्यवाहक नगरप्रमुख हरिजनले लुम्बिनी राइडर्सको सफलतालाई सम्पूर्ण लुम्बिनीवासीको गौरवका रूपमा वर्णन गर्दै भनिन्, “लुम्बिनी राइडर्सले नेपालभर लुम्बिनीको पहिचान झल्काउने उत्कृष्ट प्रदर्शन गरेका छन् । खेलकुदले एकता, अनुशासन र आत्मविश्वास बढाउने माध्यम हो, नगरपालिकाले यस्ता युवा प्रतिभालाई निरन्तर प्रोत्साहन गर्दै जानेछ।”

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले पनि खेलकुद क्षेत्र विकासमा नगरपालिकाको प्रतिबद्धता दोहोर्याउँदै भने, “लुम्बिनी राइडर्सको जितले लुम्बिनी प्रदेश मात्र होइन, सम्पूर्ण देशको खेलकुद क्षेत्रमा नयाँ प्रेरणा भरेको छ । नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि खेल पूर्वाधार र खेलाडीको क्षमता विकासमा सहयोग पुर्‍याइनेछ।”

लुम्बिनीवासीहरुले लुम्बिनी राइडर्सको अनुशासन, एकता, मेहनत र उत्कृष्ट प्रदर्शनप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा खेलकुद क्षेत्रको विकास, प्रगति र राष्ट्रिय गौरव अभिवृद्धिमा अझ उल्लेखनीय योगदान पुगोस् भन्ने कामना गरेका छन् ।

सम्बन्धित् समाचार