गृहपृष्ठ खबर इन्द्रेणी सामुदायिक बन उपभोक्ता समूहको १५औँ साधारणसभा सम्पन्न

इन्द्रेणी सामुदायिक बन उपभोक्ता समूहको १५औँ साधारणसभा सम्पन्न

विजयनगर, २६ कार्तिक ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ अवस्थित इन्द्रेणी सामुदायिक बन उपभोक्ता समूहको १५ औँ  साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । बुधबार लाेहराैलामा आर्थिक वर्ष २०८१/०८२ काे साधारण सभा गरिएको बन उपभोक्ता समुहले जनाएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले सामुदायिक बनहरुले बन संरक्षण र बन अतिक्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैे आएकाे बताएकी छन् । उनले बन संरक्षण गर्नु सबैकाे साझा जिम्मेवारी भएको बताउँदै सबैले बन अतिक्रमण राेक्नुकाे साथै वृक्षारोपण गर्नुपर्नेमा जाेड दिइन् ।

यस्तै डिभिजन बन कार्यालय गौतमबुद्ध चन्द्राैटाका सिनियर बन अधिकारी महेन्द्रराज वाग्लेले समुदायको सहकार्यले मात्र बनको अतिक्रमण नियन्त्रण गर्न सकिने बताए । उनलेे भविष्यका पुस्ताका लागि यसले फलदायी र सुरक्षित राख्नुपर्ने बताउँदै यसमा स्थानीय समुदायलाई सचेत हुन आवश्यक रहेको बताए ।

यसैगरी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बनवारीलाल चौधरीले समुदायको समृद्धि र बनको संरक्षण सँगसँगै जानुपर्ने बताए । उनले सबैको योगदानले मात्रै बनलाई दीर्घकालीन रूपमा संरक्षण गर्न सकिने जाेड दिँदै सबैलाई अझै सक्रियता बढाउन आग्रह समेत गरे ।

बनका अध्यक्ष चाैधरीका अनुसार वन क्षेत्रको पुनरुत्पादन कटान प्लट सहित विभिन्न स्थानमा ५.५ किलोमिटर मर्मत, तारबार निर्माण,  ४ किलाेमिटरमा अग्नी रेखा निर्माण तथा मर्मत स्तरोन्नती, ३० हेक्टरमा, ६० हेक्टरमा झाडी सरसफाई तथा गाेडमेल र डाेली डाँडामा पोखरी निर्माण लगायत विभिन्न सामाजिक क्रियाकलाप समेत गरिएको छ ।

यस्तै अधिकांश वक्ताहरुले सामुदायिक बनलाई सुरक्षित राख्न र त्यसबाट लाभ लिनका लागि सक्रिय सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् । बन संरक्षणका विविध उपाय र आगामी योजनाकाे समेत प्रस्तुत गरिएको थियोे ।

सम्बन्धित् समाचार