गृहपृष्ठ खबर दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन पक्राउ

दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन पक्राउ

दाङ, १० मङ्सिर ।

दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका–७ राजापुरस्थित लोचन राईको घरबाट सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई पक्राउ गरेको छ ।

उनीहरुको शरीर खानतलासी गर्दा दुवै जनाबाट ब्राउन सुगर जस्तो देखिने १ ग्राम ९४० मिलिग्राम खैरो धुलो पदार्थ बरामद भएको छ । दुवैजनालाई नियन्त्रणमा लिएर आज जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

यस्तै रोल्पाको माडी गाउँपालिका–२ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय कर्णबहादुर बिकलाई पनि प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

बिकले घोराही–३ को वनगाउँ क्षेत्रस्थित बंगुर फर्ममा बसेर लागुऔषध कारोबार गर्दै आएको सूचनाका आधारमा खटिएको पहरीले फार्ममा गरेको चेकजाँच तथा शरीर खानतलासीका क्रममा बिकको साथबाट ब्राउन सुगर जस्तो देखिने ८०० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेपछी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पनि आज अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार