गृहपृष्ठ खबर कपिलवस्तुमा अटाे रिक्शा-मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा अटाे रिक्शा-मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भाेला गुप्ता

कृष्णनगर, १३ मंसिर ।

कपिलवस्तुको हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका-११ झिँगहा चोकमा अटो रिक्शा र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ मिझुनिया बस्ने ४० वर्षीय राम कुमार चमारकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक रिपेंन्द्र कुमार सिंहले जानकारी दिए । उनका अनुसार चमार सवार लु ४२ प ४३५० नम्बरको मोटरसाइकल कृष्णनगरतर्फ जाँदै गर्दा बाटोमा अनटेस्ट अटाे रिक्शाकाे ठक्करबाट गम्भीर घाइते भएका थिए ।

घाइते चमारको उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाएको थियोे । घाइतेको अवस्था गम्भीर देखिएपछि त्यहाँ प्रारम्भिक उपचारपछि बुटवल रिफर गरि पठाएकाेमा उनको बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको हाे ।

दुर्घटनामा संलग्न रिक्शा चालक कृष्णनगर नगरपालिका-६ ठूलो बुटहनिया निवासी हविबुल्ला मुसलमानको हात भाँचिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको बताइएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार