गृहपृष्ठ ज्योतिष /वास्तु समानान्तर ब्रह्माण्ड, समय यात्रा र ज्योतिषीय सम्भाव्यता

समानान्तर ब्रह्माण्ड, समय यात्रा र ज्योतिषीय सम्भाव्यता

 

ज्योतिष शास्त्र भन्ने बित्तिकै अझै पनि धेरै समाजमा अन्धविश्वाश वा अवैज्ञानिक पेशा भन्ने बुझिन्छ । आधुनिक खगोल विज्ञानको आविष्कार हुनुभन्दा अगाडि आकाशीय ग्रह, पिण्ड आदिको अवलकोन र यीनिहरुको गुण गति र प्रभावहरुको प्रयोगात्मक भूमिका पूर्वीय समाजमा हुदै आइरहेको थियो। ज्योतिष शास्त्र वैदिक शास्त्रहरू मध्ये एक महत्वपूर्ण शास्त्र हो त्यसैले पनि बिभिन्न ग्रन्थहरुमा ज्योतिष शास्त्रलाई वेदको आँखाको रुपमा प्रस्तुत गरेको छ। यसको अर्थ वेदज्ञानी हरुलाई पनि हेर्न को लागी आँखाको आवश्यकता पर्छ भन्नु हो । जब हामीले आँखा चिम्लिन्छौ, हामीलाई लाग्छ अँध्यारो छ त्यसरी नै ज्ञान र चेतनाको आँखा बन्द हुदा ज्योतिष शास्त्र पनि अन्धविश्वाश हो भन्ने आभाष गराउछ । ज्योतिष शास्त्रको विशालताको बारेमा व्याख्या गर्नु भनेको ब्रम्हाण्डको पुरा विवरण निकाल्नु जस्तै हो र यसको बारेमा अनगिन्ति ज्ञान वा तथ्याहरु अझै आविष्कार भएका छैनन र जति पनि ऋषी मुनि ज्योतिर्विद्यहरुले बताउनुभयो त्यी सबै संक्षिप्तमा समेट्न पनि मुस्किल पर्छ।

विज्ञान भन्ने बित्तिकै आधुनिक ब्यक्तिहरुको सोचाइ मोबाइल, इन्टरनेट, एसेसरिज, बिजुली, यातायात आदि भन्ने हुन्छ तर विज्ञानको अर्थ प्रविधि सग जोड्नु मुर्खता हो । किनभने विज्ञानको परिभाषा भने अर्कै हुन्छ । ज्योतिष विज्ञान आफैमा विज्ञान हो र यो कसरि भन्ने कुरा यसको सुक्ष्म अध्ययनमा पुगेपछि मात्र थाह हुन्छ । ब्रम्हाण्डको बारेमा जान्नु, पृथ्वी भन्दा बाहिरको संसारको बारेमा थाह पाउनु आजको दुनियाँको मुख्य उद्देश्य रहेको छ। खगोल विज्ञानमा आधुनिक भौतिक शास्त्रका वैज्ञानिकहरुले ग्रह, पिण्ड, उल्का आदिका बारेमा नियम एवम् ठुलाठुला सिद्धान्तहरुको विकास गर्दै आईरहेका छन्। क्लासिकल फिजिक्स भन्ने बित्तिकै सर आइज्याक न्युटनको नाम आईहाल्छ। उनले यूनिभार्सल ग्राभिटेसनल ल को बारेमा नियम हरु बिकास गर्दै अंतरिक्षमा जुनसुकै पिण्डहरु पनि चलायामान हुन्छ भन्ने कुरा प्रस्तुत गरे र यति मात्र नभई विशाल पदार्था वा संसारको नियम अथवा प्रक्रियाको बारेमा ठोस प्रमाणहरु पनि जुटाए। न्युटन को खोज र सफलताको पछाडि वैदिक शास्त्र हरुको अध्ययन पनि थियो भन्ने कुरा सुन्नमा पाईन्छ र पराशर मुनिका ज्योतिष पुस्तक पनि उनका लाईबेरिमा भेटिएको थियो। तर यौटा महत्वपुर्ण कुरा के भने सोह्रौ शताब्दीमा जन्मिएका न्युटनको आविष्कार भन्दा धेरै अगाडी नै भारतमा भाष्कराचार्यले – आकृष्टिशक्तिश्च महि तया यद् ‘ भन्दै गुरुत्वआकर्षणको बारेमा व्याख्या गर्नुभएको थियो।

इटालीका वैज्ञानिक एरिस्टोटलले पनि आकाशका पिण्डहरुको अवलोकन गर्दै हिड्दा कहाँ देखि कहाँ सम्म पुग्थे उनि आफै पत्तो पाउदैनथे । ग्रहणको समयमा चन्द्र र सूर्यको अवलोकन गर्दा पृथ्वी गोलो रहेछ भन्ने विचार व्यक्त गरे। यति मात्रै होइन पृथ्वी ब्रम्हाण्डकै केन्द्रबिन्दु हो भनेर पनि व्यक्त गरेका थिए। यै संदर्भलाई ज्योतिष शास्त्र सँग जोड्ने हो भने पृथ्वीलाइ नै केन्द्रबिन्दु बनाएर आकाशीय नक्सा तय गरिन्छ र ग्रहको गतिको गणना गरिन्छ। अझ वैदिक ग्रन्थहरुमा पनि पृथ्वी ब्रम्हाण्डको केन्द्रबिन्दुमा रहेको रुपमा रहेको कुरा उल्लेख छ। यसैगरी खगोल विज्ञानमा कोपरनिकस, केपलर, पाईथागोरस, ग्यालिलियो, लि स्मोलिन, स्टेफेन हकिंग लगाएतका वैज्ञानिकहरुले आफ्ना अन्वेषण जारी गरी थप मजबुत बनाए। न्युटनको आकर्षणको नियमबाट नै गुरुत्व आकर्षण भनेको यो यौटा ब्यापक शक्ति हो, यो केवल पृथ्वीमा मात्र होइन ब्रम्हाण्डमा ब्याप्त सबै पिण्डहरुमा विद्यमान छ भन्ने कुरा बुझियो। केपलरले आफ्नो ग्रन्थ ‘एस्ट्रोनोमिया नोवा’मा लेखेका छन् कि आकर्षण शक्ति दुइ सजातीय पदार्थको खिचाव हो र एकआपसमा मिलनका निमित्त प्रवित्त गर्दछ। यसै गरि केपलरले पनि तिन नियमहरुको विकास गरे र ग्रहको सुर्यको वरपर कुनै इलिप्टिकल अर्बिटमा परिक्रमा गर्छ भन्दै सुर्यद्वारा नै यीनीहरु नियन्त्रित हुन्छन भन्ने कुरा व्यक्त गरे।

ग्रहको गति र आकर्सण शक्तिबाट नै समयको प्रभाव पर्छ जुन कुरा ज्योतिष शात्रमा सुर्यको गति बाट नै पृथ्वीमा अयन, ऋतु, मास, सप्ताह, घडी, पला, बिपला, त्रुटि, क्षण, आदि समयको ईकाईको विकास भएको हो। आधुनिक विज्ञानसग जोड्नुपर्दा यी सबै ज्योतिषीय गणना मिल्न जादा अनौठो लाग्छ नै। गणित भन्ने बित्तिकै गणना भन्ने शब्द आउछ र गणित ज्योतिष शात्रको सिद्धान्त बिभागमध्य राखिन्छ र गणितको सिर्जना पनि सिद्धान्त ज्योतिषबाट नै भएको हो। विज्ञानको उपलब्धि र आजको प्रविधिको उच्चताको विषयमा चर्चा गर्दा गणितको आवस्यक बिना सम्भव नै थिएन भन्न सकिन्छ। न्युटनको सिद्धान्त विशाल दुनिया वा पदार्थमा मात्र लागु हुने भएकाले सुक्ष्म स्तरमा पुगेर विचार गर्दा अप्ठ्यारो पर्न जान्थ्यो। न्युजिल्याण्डमा जन्मिएका वैज्ञानिक रदर्फोर्डले रसायन शात्रमा बिभिन्न खोजि एवं अनुसन्धान गरे जसबाट उनले कुनै पनि पदार्थमा सुक्ष्म बस्तुहरु मिलेर बनेको समुह हुन्छ र यीनीहरु बीच पनि रासायनिक प्रक्रिया हुन्छ भन्ने अवधारणा ल्याए र यसैगरी अर्का वैज्ञानिक जे जे थमसन सगै प्रयोगात्मक शैलीले प्रस्तुत गर्दा ईलेक्ट्रोनको आविष्कार भयो। उनले कार्बन डिसइण्ट्रिग्रेसनको बारेमा पनि केहि तथ्य अन्वेषण गरेर निस्कर्ष निकालेपछि उनलाई नोबेल प्राइजको सम्मान पनि मिलेको थियो। यसै गरि नेईर बोरले १९१३ मा रदर्फ़ोर्डको कमिकजोरी सच्याउदै यौटा क्वाण्टम थेउरि प्रस्ताव गरे जसअनुसार एटमको आकार, प्रक्रिया र उर्जाको बारेमा वर्णन गरिएको थियो। उनले न्युक्लिएर फिजिक्स र हाईड्रोजन ग्यासको एटम भित्रको प्रक्रिया, ईलेक्ट्रिनको एक उर्जाको स्तर देखि अर्को स्तरसम्मको स्थान्तरण आदिको बारेमा विशेष वर्णन गरे र सुक्ष्म पदार्थ बारे आफ्नो थप प्रमाणहरु थप्दै क्वान्टम मेकानिक्सको विकास गरे। क्वान्टम मेकानिक्स भन्ने बित्तिकै हाईजनबर्ग, स्क्रोडिङ्जर्, आइनस्टाईन र म्याक्स प्लानकको नाम अगाडि आईहाल्छ।क्वान्टम मेकानिक्समा वैज्ञानिक हाइजनबर्गले कुनै पनि पदार्थको अवस्था र मुमेण्टमलाइ एकै समयमा मापन गर्न सकिदैन भन्ने सिद्धान्त प्रतिपादन गरे जसलाई हाइजनबर्ग अनसर्टेन्सि प्रिन्सिपल पनि भनिन्छ। आधुनिक भौतिक शास्त्र जगतका महान वैज्ञानिक सर अल्बर्ट आइन्स्टाइनले भौतिक विज्ञानलाई छुट्टै आयाम दिएका छन्। आइन्स्टाइनले सापेक्षेताको सिधान्त बिकास गर्दै क्वान्टम फिजिक्स लाइ थप मजबुत बनाए। शक्ति लाइ क्वान्टा को रुपमा पनि प्रस्तुत गर्दै फोटो इलेक्ट्रिक इफेक्ट को सफलता पछाडी उनले उपाधि हरु पनि प्राप्त गरे। यसअघि सन् १९०६ मा म्याक्स प्लानक ले थेउरि अफ रिलेटिभिटि नामक शब्दको प्रयोग गरेका थिए। आइन्स्टाईनका अनुसार सापेक्षताको सिद्धान्तको अनुसार प्रकाशको गति सँग तुलना गरिएको छ। विशेष सापेक्षताको सिद्धान्तलाई संक्षिप्तमा भन्नुपर्दा ब्रम्हाण्डामा सबैभन्दा धेरै गति भनेको प्रकाशको गति हुन्छ अर्थात प्रकाशको गति भन्दा ठुलो अरु गति नै हुदैन र अवलोकनकर्ता जुनसुकै गतिमा रहेको भएता पनि सबैले प्रकाशको गति यौटै भएको पाउछन। पिण्ड र शक्ति भनेको यौटै हुन् तर यीनीहरु भने एक अर्कामा बदलिन सक्छन। सापेक्षताको सिद्धान्त अनुसार पदार्थ गतिमा जादा शक्तिमा बदलिन्छ र शक्ति स्थिरतामा आउँदा पदार्थ वा पिण्डमा बदलिन्छ त्यसैले पिण्ड र शक्ति दुवै सापेक्षित कुरा हुन्।

यसरि भौतिक विज्ञान को खोज र विकासक्रमको कुरा गर्दै जादा आईन्सटाईनको सापेक्षताको सिद्धान्तमा पुगेपछि समयको बारेमा कुरा आउँछ। समयको परिभाषा भने बल्ल सुरु हुन्छ तर हाम्रो वैदिक शात्र अनुसार पनि सापेक्षताको सिद्धान्तलाई प्रस्तुत गरेको पाइन्छ। आइन्स्टाइनका अनुसार समय निरपेक्ष नभई यो पनि अरु जस्तै सापेक्ष छ र पूर्ण स्वतन्त्र नभई यसले अन्तरिक्ष (space) सँग मिलि स्पेस-टाइम भन्ने चिज बनाउछ। स्पेस-टाएम भन्ने बित्तिकै अर्को चौथो आयामको कुरा आउछ। समय निरपेक्ष छैन भन्न खोजिएको के हो भने कुनै पनि पदार्थको गति र पिण्ड अनुसार समय पनि परिवर्तनशील छ भन्न खोजिएको हो। हाम्रो शास्त्र मा पनि कल्प, मन्वन्तर, महायुग, आदि कुराको प्रस्तुत गर्दै समयको कालखण्डालाइ विभाजन गरिएको छ भने पृथ्वी भन्दा तल सात लोक र पृथ्वी देखि माथि सात लोक गरि जम्मा चौध लोक रहेको वर्णन गरिएको छ जस अनुसार पृथ्वीको समयको तुलना अन्य लोकहरुसगा गरिएको छ। एक कल्पको ब्रम्हाको एक दिन हुन्छ र ब्रम्हाको सय वर्ष पुगेपछि फेरी नया ब्रम्हा जन्मिन्छन्। यसैगरी पृथ्वी भन्दा तलका लोकहरुमा पनि समयको प्रभाव तुलनात्मक हिसाबले कम हुँदै जान्छ जुन कुरा जेनरल थेउरि अफ रिलेटीभिटि सँग एकदम मिल्दोजुल्दो छ। यसैगरी क्वान्टम फिजिक्समा बेलायतका वैज्ञानिक स्टेफेन हकिङ्गले पनि थप सिद्धान्तहरु पेस गर्दै समय यात्राको सम्भाव्यता व्यक्त गरे। ट्विन प्यारडक़्सको प्रयोग अनुसार दुइ जुम्ल्याह दाजुभाई मध्ये एकलाई अन्तरिक्षमा लगेर राख्दा र केहि लामो समय पछि पृथ्वीमा पुन फर्काउदा पृथ्वीमा रहेको भाइ बुडो भैसकेको र अन्तरिक्षबाट फर्किएको भाई भर्खरको जवान भएको पाइयो। अर्थात् बस्तुलाई समयको गतिमा चलायामान गराउन सक्ने हो वा अन्तरिक्षमा राख्ने हो भने पनि त्यति गतिमा रहेको बस्तुको घडीमा समय ढिलो चल्छ। यसरि नै क्वान्टम फिजिक्समा टेलिपोर्टेसनको अवधारणा पनि आउछ अर्थात एकदम ठुलो गतिमा पिण्डलाई एक ठाउँ देखि अर्को ठाउसम्म लैजानु हो र यहि कुरा पुराणहरुमा नारदमुनिको रेवतिसग विवाहा गरेर घरजम गरि पृथ्वीमा धेरै वर्ष बिताउदा ब्रम्हालोकमा केहि पल मात्र बितेको प्रसंग छ। यसै गरि रामायणमा हनुमानको गति प्रकाशको गति भन्दा छिटो भएको प्रशंग पाईन्छ। हनुमान सँग अपार अस्टसिद्धि शक्ति थियो र उनले आफ्नो शरीरलाई क्वन्टम मेकानिक्सको अवधारणा अनुसार आफ्नो शरिरलाई विशालकाय वा एकदम सुक्ष्म बनाउन सक्थे र यति मात्र नभई बिभिन्न लोकहरुको यात्रा गरेको कुरो पनि आउछ जुन आधुनिक टेलिपोर्टेसनको विचारधारालाई समर्थन गर्छ।

समय यात्रा को कुरा गर्दा यतिबेला हामि पनि भूत वा भविष्यमा गएर त्यसबेलाको परिस्थिति हेर्न सकिन्छ कि भन्ने अवधारण मात्र हो तर पनि यसको लागि अनेकौ खोज र अनुसन्धान भने भैराखेका छन्। वैदिक ज्योतिष शास्त्रले पहिल्यै कालचक्रको व्याख्या गरेको छ। समस्त ब्रम्हाण्ड काल प्रवाहबाट प्रभावित छ र उही विराट पुरुष को अदृश्य मुर्ति काल्शक्ति नै हो जसलाई कालापुरुष भन्ने गरिन्छ।

काल: पचति भूतानी

काले सर्व प्रतिष्ठितम

भन्दै कालको बारेमा चर्चा गरिएको छ र काल ले नै परिवर्तन गराउँदै विनास सम्म गर्छ भनिएको छ। ज्योतिष शास्त्रले ग्रहको गतिको अनुसार नै भूत, वर्तमान र भविष्यको बारेमा बताउने गर्छ अर्थात् ग्रह घुम्ने क्रममा हिजो जुन ठाउँमा थियो त्यससले समयलाई परेको प्रभाव , ऐले जुन अवस्था मा छ त्यसले समय ललाई पारेको प्रभाव र भविष्यमा जुन ठाउँमा पुग्छ त्यसले पार्ने प्रभाव व्यक्त गर्न सकिन्छ जस अनुसार नै भविष्यवाणी तय हुन्छ। ग्रहको एक आपसको चुम्बकीय शक्ति आँफ़ुआँफ़ुमा धेर थोर प्रभाव भने परेकै हुन्छ। अब ग्रहको गति अनुसार समयको निर्माण हुन्छ भने त्यहि समयले सम्पुर्ण चराचारलाई आफ्नो प्रभावमा राखेको हुन्छ। जस्तै कुनै पनि सजिव वस्तुको परिवर्तन,चाल, चेतनाको विकास, भौतिक शरीरको बिकास र अन्त्यमा क्षय हुनु भनेको ग्रहहरु घुम्दै जादा पर्ने प्रभाव हो। ज्योतिष शास्त्र एक मात्र शास्त्र हो जस अनुसार भविष्यको कुरालाई पूर्वानुमान मात्र होइन एकिन समेत गर्न सकिन्छ। यहि कुरा समय यात्रा सँग जोड्ने हो भने समय यात्रा को सिद्धान्तमा अझ बिकास हुन सक्छ र समय यात्राको उपकरणका निमित्त थप शुत्रहरु सिर्जना हुन सक्छन्।

समय यात्राको सिद्धान्तको विकास क्रममा समान्तर ब्रन्हाण्डको अवधारण पनि आउँछ । समानन्तर ब्रम्हाण्डको सिद्धान्त अनुसार मल्टिर्भस अर्थात अनेकौ ब्रम्हाण्ड भन्ने बुझिन्छ । जुन कुरा भागवत पुराणको पञ्चम स्कन्धमा उल्लेख छ । अव समानन्तर ब्रम्हाण्डको अवधारणले भन्न खोजेको चाही के भने हाम्रो जस्तै पृथ्वी हामी यस्तै परिवेश यो अनन्त ब्रम्हाण्ड मध्ये कुनै एक ब्रम्हाण्डमा अबस्थीत छ तर क्रियाकलाप भने फरक हुन सक्छन्। सानोमा हाम्रो इच्छा हुन्छकी डाक्टर बनौँ तर संयोगवश त्यो हुँदैन र अर्कै करियरमा हिडेका हुन्छौ प्रन्तु अर्को ब्रम्हाण्डमा हामी डाक्टर नै भएका पनि हुन सक्छौ । हामी यौटै मान्छेको अनेकौ भुमिकामा भैसकेको, भएको वा हुनसक्ने अवस्थामा पनि हुन सक्छौ । समय यात्राको विषय अनुसार हामी अर्को ब्रम्हाण्डमा गएर आफ्नो इच्छा पुरा गर्न सकिन्छ भन्ने हो । बितिसकेको समयमा फेरी गएर मानौ आफु प्रहरी बन्ने वाला थियो भने प्रहरि नबनि शिक्षक पनि बन्न सक्छ । यस्ता फिक्सनको कुराहरु पनि आधुनिक भैतिक शास्त्रमा विधामान छन् तर प्रयोगमा ल्याउन मात्र मुस्कील भएको हो प्रन्तु असम्भव भने छैन किन भने यहि कालको आयमलाई बुझेर जुन सुकै दिशामा पनि लम्कीन सकिन्छ । यहि कुरा रामायणमा हनुमानले भगवान रामको औठीँ पातलमा खोज्न जादा उस्तै औँठी धेरै नै भएको भेटियो । जस अनुसार के बुझिन्छ भने समानान्तर ब्रम्हाण्डमा अरु पनि राम थिए यसरी नै पातलमा खसेको थियो। यसैगरी यो ब्रह्माण्डमा ब्रम्हाको शिर चार भए अन्य ब्रह्माण्डका ब्रम्हाको फरक पनि हुन सक्छ भन्ने कुराको उल्लेख्य पनि पाईन्छ। यही कुरा समानान्तर ब्रम्हाण्डको अवधारण मात्र बनेको छ । जसरी ज्योतिषशास्त्र अनुसार परामर्श गर्दा यौटा विद्याथिलाई उस्ले कुन विषय पढ्दा ठिक हुन्छ? भन्ने जिज्ञासाहरुको धेरै विकल्प हरु दिईन्छ – जस्तै ः मेडिकल, आर्टस, इन्जिनियरिङ आदि राम्रो छ भन्ने धेरै विकल्पहरू दिइन्छ तर पढ्न भने एउटै विषय पढ्छ , मानौ कि मेडिकल पढ्यो भने उसको लागी अरू विषय त बाँकी नै रह्यो, हो यही अरू विषय अन्य ब्रम्हाण्डमा पढ्दै हुन सक्छ । एउटै समयमा जन्मेको ब्यक्तिको कार्य क्षेत्र एउटै नै हुन्छ भन्ने छैन तर सँगै जन्मिदा एउटा क्रिकेटर छ र अर्को ड्राइभर छ भने समानान्तर ब्रम्हाण्डमा त्यहि ड्राइभर भएको ब्यक्ति क्रिकेटर पनि हुन सक्छ ।

यसरी ज्योतिष शास्त्र भनेको पनि ब्रम्हाण्डको बारेमा जति जान्यो जति पत्ता लाग्यो त्यति नै अपुरो भएजस्तै हो । ज्योतिष शास्त्रमा अझै अनेको खोज तथा अनुसन्धान बाकिँ नै छ । समयचक्रको अवलोकन गरेर भविब्यको बारेमा जन्न मिल्ने भएकोले ज्योतिष शास्त्रले समय यात्रा जस्ता वैज्ञानिक अवधारणलाई सार्थकता दिलाउन महत्वपुर्ण भुमिका खेल्छकी जस्तो लाग्छ । त्यसैले ज्योतिषलाई अन्धविश्वास नभनिकन एक पुर्ण विज्ञानको रुपमा लिएर अझ अनुसन्धान गदै जाने हो भने सोचलाई मात्र होइन पदार्थलाई पनि भविब्यमा पुुर्याउन सकिन्छ । यो त ज्योतिष शास्त्रको सानो भागको मात्र बर्णन भयो , अझ ग्रहको गुण, अवस्था र तत्वहरुको आदिको ब्यख्या गर्न निकै समय चाहिन्छ । अझ आजको अनेकौ उपकरणको आविस्कार, प्रविधिको प्रयोग, अन्तरिक्षको खोज एवम नियमको लागी हुदैछ । आकाशगंगा, तारामण्डल, पुच्छ«ेतारा, कालछिद्र लगाएतका सम्पुण आकासीय विवरणय मात्र निकाल्नु उद्देश्य नभई पृथ्वी भन्दा बाहिर जीवनको सम्भाब्यता, पानीको मात्रा आदिको बारेमा खोजी पनि रहेको छ । अझ ज्योतिष भित्र लुकेका रहस्यलाई खोल्न सक्ने हो भने आधुनिक खोजलाई धेरै नै मदत पुग्छ । जस्तै २०३० भित्र मंगलमा बस्ती बसाउने खगोल वैज्ञानिकले जुन लक्ष्य राखेका छन््, त्यहि मंगलको गुण र प्रक्रिया बारे केहि जानकारी ज्योतिष शास्त्रले दिन सक्छ । मंगललाई वैज्ञानिक दृष्टिकोणले हेर्दा पृथ्वि सगँ मिल्दो जुल्दो सतह छ र ज्योतिषमा धर्तिको पुत्र पनि भनिएको छ । तसर्थ पृथ्विको केहि गुण मंगलमा मिल्न जाने स्वभाविक हो । त्यसै गरी बुध लाई हरियो रङ्गको कारकत्वमा औंल्याउँदा धेरै बर्ष अघि बुधमा पनि पृथ्वीजस्तै हरितप्रभाव थियो कि भनेर अनुमान लगाउन सकिन्छ र बुधको पछिको प्रलयको कारण ओजन नस्ट भएर सतहको तापक्रम र प्रक्रियामा खलबल भएको पनि हुन सक्छ । यी कुराहरु केवल समान्य विषय बस्तुहरु वा अवधारणाहरु मात्र हुन् तर ज्योतिष शास्त्रलाई वैज्ञानिक ढङ्गमा लैजाने र प्रयोगत्मक रुपमा प्रस्तुत गराउँन सक्ने हो भने निकट भविब्यमा खगोल विज्ञानको खोज एवम् आबिस्कारको लागी अत्यन्तै साहयोग हुन सक्छ ।

युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

कास्की, पोखरा

सम्बन्धित् समाचार