जलिरहेको चुरोटको ठुटोले भन्यो , आज म जलिरहेको छु तपाइको कारणले।” “भोलि तपाई जलिरहनुहुनेछ मेरो कारणले।।”
धूम्रपान के हो ?
धूम्रपान एक प्रकारको दुर्र्व्यसन हो। धूम्रपान भन्नाले खासगरी सुर्तीको धुँवा खाने हो। धुँवा खाने तरीकाहरु विभिन्न छन् जस्तैः कसैले हुक्काबाट तमाखुको धुँवा तान्दछन् भने कसैले कागज वा पातमा सुर्तीलाई बेरेर त्यसलाई सल्काई ओठमा च्यापी धुँवा तान्ने गर्दछन्। त्यसैले चुरोट बिँडी तमाखु,, कक्ड जस्ता सुर्तीजन्य पदार्थहरुको सेवन नै धूम्रपान हो।
चुरोटको धुवाँमा चार हजारभन्दा बढी किसिमका रसायन पाइने गर्छन्। जसमध्ये करिब चार सय प्रकारका रसायन हाम्रो शरीरका लागि हानिकारक हुन्छन् भने करिब सत्तरी प्रकारका रसायन मानिसलाई क्यान्सर लगाउन सक्ने (कार्सिनोजेनिक) खालका हुन्छन्। व्यक्तिमा धूम्रपानको लत बसाउने प्रमुख रसायन भनेको ‘निकोटिन’ हो। एक अध्ययनका अनुसार केवल ६० मिलिग्राम निकोटिन वा करिब १० मिलिलिटर निकोटिनको झोल एक वयस्क व्यक्तिको ज्यान लिन पर्याप्त हुन्छ।
एउटा चुरोटको सेवनले शरीरमा करिब एक मिलिग्राम निकोटिन शोषण हुने गर्छ। धूम्रपान गरेको १० देखि २० सेकेन्ड भित्रमा निकोटिन नामक विषालु रसायन हाम्रो रक्त सञ्चारमार्फत मस्तिष्कसम्म पुग्ने गर्छ। यसबाहेक कार्बनमोनोअक्साइड, एमोनिया, फर्मलडिहाइड, हाइड्रोजन साइनाइडलगायत रसायनले मुटु तथा फोक्सोसम्बन्धी रोग निम्त्याउन सक्छन्।
धूम्रपान तथा सुर्तीसेवनसँग सम्बन्धित केही तथ्यगत कुराहरुः
खासगरी सुर्तीमा खोटो र कार्बन मनोअक्र्साईड जस्ता प्राणघातक रसायनहरु पाईन्छन् भने निकोटिन जस्तो धूम्रपानको लत लगाउने तत्व पनि पाईन्छ।
करीब ८७५ फोक्सोको क्यान्सरको एकमात्र कारण धूम्रपान हुने गरेको छ।
सुर्तीजन्य पदार्थको सर्न्दर्भमा यसको असरबारे डब्लु एच ओले भनेको छ :
सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्दछन्।
विश्वमा धूम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ।
विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसहरुको मृत्यु हुन्छ जसमध्ये ६ लाखको अरुले सेवन गरेको असरले -सेकेण्ड ह्याण्ड स्मोकिङ) मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसहरुको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ।
विश्व स्वास्थ्य संगठन -डब्लु एच ओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्मा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरु मात्र हुनेछन्।
नेपालमा पनि प्रतिवर्ष १५ हजार व्यक्तिहरुको सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भई रहेको छ।
डब्लुएचओ का अनुसार नेपालमा ४९% पुरुष र २९% महिलाहरु धूम्रपान गर्दछन्।
संसारमा १ अरबभन्दा धेरै मानिसरु सूर्तिजन्य पदार्थको सेवन गर्दछन्।
संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदूषित हावामा सास फेर्दछन्।
विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ।
बीसौं सताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थको कारणले मृत्यु भएको थियो र हालको जस्तै अवस्था रहेमा २१ औं शताब्दीमा १ अरब मानिसको मृत्यु हुनेछ।
सन् २०३० देखि हरेक वर्ष ८० लाख भन्दा धेरै मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुनेछ। यस मध्येका ८०५ मानिस नेपाल जस्तो विकासशील देशका हुनेछन्।
धूम्रपान सेवनको कारणले मानवशरीरका विभिन्न भागहरुमा पुर्याउने असर तथा रोगहरु :-
मुख र घाँटीको क्यान्सर
फोक्सोको क्यान्सर
स्तनको क्यान्सर
पाठेघरको क्यान्सर
तालु खुइलिने
मोतिया विन्दु
छालाचाउरी पर्ने
श्रवणशक्ति कमजोर हुने
दाँत बिग्रने
दम बढ्ने खोकी लाग्ने
नङ पहेलो हुने
हाडहरु, कमजोर हुने
मुटु सम्बन्धी रोगहरु लाग्ने रक्तचाप बढाउने
पेट र आन्द्रामा अल्सर हुने
मूत्रथैलीको क्यान्सर तथा गर्भपतन हुने
स्नायू, नशा तथा धमनी सुन्निने रोग लाग्ने
मस्तिष्कमा रक्तस्राव, हृदयघात हुने।
विभिन्न अध्ययनले देखाएअनुसार धूम्रपान त्यागनेबित्तिकै शरीरले आफूलाई यसको असरबाट मुक्त बनाउने प्रयास सुरु गर्छ जसको फलस्वरूप यस्ता फाइदा देखापर्छन्ः
–धूम्रपान छोडेको २० मिनेटपछि व्यक्तिको रक्तचाप र हृदयगति धूम्रपान गर्नुअघिझैँ सामान्य अवस्थामा फर्कन्छ।
–१२ घण्टापछि रगतमा बढेको कार्बनमोनोअक्साइड नामक विषालु ग्यासको स्तर घट्न गई सामान्य अवस्थामा फर्कन्छ।
–२४ घण्टापछि उच्च रक्तचाप नियन्त्रणमा आउने गर्दछ जसका कारण हृदयघातको जोखिम न्यून हुने गर्छ ।
–४८ घण्टापछि ‘निकोटिन’ नामक विषालु पदार्थ शरीरबाट सम्पूर्ण रूपमा बाहिरिने गर्छ।
–दुई हप्तादेखि तीन महिना भित्रमा रक्त सञ्चार प्रक्रिया तथा फोक्सोको कार्य क्षमतामा सुधार आउँछ।
–एकदेखि नौ महिना भित्रमा श्वास नलीभित्र रहेका मसिना रौँ खकार निकाल्न सुरु गर्छन् । जसका कारण खोकी, दम तथा छातीको घ्यार्र–घ्यार्र बिस्तारै कम भई स्वास–प्रश्वास क्रिया सहज हुन्छ।
–एक वर्षपछि मुटुको रक्तनलीसम्बन्धी रोग लाग्ने तथा हृदयघातको जोखिम घट्छ।
–पाँच वर्षपछि मस्तिष्कघातको र फोक्सोको क्यान्सरको जोखिम कम भई धूम्रपान नगर्ने व्यक्तिझैँ सामान्य हुने गर्छ।
–१० वर्षपछि फोक्सोको क्यान्सरबाट मृत्यु हुने सम्भावना ५० प्रतिशतले कम हुने गर्दछ। साथै, श्वासनली र प्यान्क्रियाजको क्यान्सरको जोखिम पनि न्यून हुने गर्छ।
–यति मात्र नभएर धूम्रपान त्याग्नाले दृष्टि तथा श्रवण शक्ति बढ्ने, मुख, दाँत सफा र स्वस्थ हुनुका साथै यौन क्षमतामा समेत वृद्धि हुने गर्छ।
धूम्रपान छोड्नका लागि टिप्सहरु :-
१ ढिलाई (डिले) चुरोट खानमा केही समय ढीला गरेमा तलतल लाग्न छोड्दछ।
२. पानी (डि्रङ्क वाटर) अलिअलि गरेर पानी पिउनु।
३. लामो सास (दीप ब्रीथिङ) तीनपटक लामो र गहिरो सास फेर्र्नु।
४. केही गर्नु (डु समथि· एल्स) चुरोटबाट ध्यान टाढा राख्न केही काममा आफूलाई व्यस्त बनाउनु।
धूम्रपान छाडनका लागी अनेक उपाय अपनाए पनि सहज छोडन गाह्रों हुने हुन्छ। समय को पालन गरने वा सूचि तैयार पर्ने,चुरोट खाने बेला ल्वांग,सुकमेल जस्तो चपाउनु,ब्यायाम गर्ने अली अली गरी कम खाने ,भर सक ब्यस्त रहने गर्दै गर्दा पनि बिस्तारै कम गर्न सकिन्छ ।ठुला ठुला होडिंग बोर्ड, ब्यापक प्रचार प्रसार,स्वास्थ्य शिक्षा, ऱ्याली जस्तो क्रियाकलाप गरेर जन चेतना जगएर धूम्रपान लाई नियंत्रण गर्न सकिन्छ।
यो
एक दिनको नारा, गोष्टि, सेमिनार गरेर मात्र धूम्रपान लाई निर्मूल पार्न सकिदैन तसर्थ हामी यो नभूलौ की आज हामीले चुरोट सल्कायर खरानी बनाएका छौ भोली त्यही चुरोटले हामीलाई खरानी बनाउने छ।।
धूम्रपान छोड्न निरन्तरता दिनका लागि केही सुझावहरुः
आफैले धूम्रपान गर्दा हानी गरेको कल्पना गर्ने।
सधैं मनमा के कारणले धूम्रपान छोड्नु परेको हो, सोच्ने र सधैं भरिका लागि छोड्ने प्रण गर्ने।
धूम्रपान छोड्दा प्राप्त हुने फाइदाहरु बारे सोच्ने।
धूम्रपान आरामसंग छोड्दै जाने र छाड्न सक्छु भन्ने आत्मबलको विकास गर्ने।
धूम्रपान गर्ने अन्य व्यक्तिहरुलाई धूम्रपान त्याग्न सल्लाह दिने।
धूम्रपान हानिकारक छ यो थाहा पाउन या याद रहनका लागी अनेक सन्देश , बिज्ञापन सधै हाम्रो सामु आउने जाने गर्दछ ।चुरोटको पैकमा मोटोे मोटो अक्षरमा चेतावनी लेखेको हुन्छ, टीभी र फिल्ममा डराऊने चित्र ,सन्देश आउने गर्दछ, टीभी को हरेक प्रोग्रामको स्क्रीनमा कहीं चुरोट खाएको सिन आयो भने तुरंत तल सन्देस आउछ कि धूम्रपान र तंबाकूले क्यांनसर हुन्छ “Smoking/ tobacco kills.” या “Smoking is injurious to health. It causes cancer”, आदी ।
यसका साथ साथै सार्वजनिक स्थलमा धूम्रपान निषेध छ होटलमा, हवाईजहाजमा,ऑफिस,अस्पताल अनेक ठाऊमा धूम्रपान गर्न मनाही छ र धूम्रपान गर्यो भने फाइन (जरीवाना)दिने गर्दछ । ठाऊ ठाउँमा निषेधको नोटिस राखेर याद दिलाए पनि धूम्रपान गर्न छाडेको देखिन्न ,धूम्रपान गरने लाई त नोकसान छ नै सेकेण्ड-हैंड स्मोक को कारण आस-पासलाई पनि समेत नोकसान हुन्छ ।
सेकेन्ड ह्यान्ड स्मोकका दुस्प्रभाव
एउटा अमेरिकी अनुसन्धानका अनुसार धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका चुरोट नपिउने छोराछोरी वयस्क अवस्थामा पुगेपछि उनीहरूमा फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने जोखिम उच्च छ।
चुरोट पिउने आमाबाबुका छोराछोरी दम तथा फोक्सो राम्रोसँग विकास नहुने समस्याको जोखिममा हुन्छन्। बाल्यकालमा चुरोटको धुवाँको सम्पर्कमा रहे त्यसको असर वयस्क अवस्थासम्म रहने जसकारण श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्ने देखाएको छ।
छोटो समयको लागि त्यस्तो धुँवा भएको स्थानमा बस्दा पनि त्यसले हाम्रो रगतमा हुने प्लाटेलेट्सलाई च्याप्च्याप लाग्ने बनाइदिन्छ, रक्तनलीका भित्री भित्ताहरुलाई नष्ट गरिदिन्छ, रक्तनलीमा रगतको प्रवाहलाई सुस्त बनाइदिन्छ, मुटुको धड्कनलाई कम गरिदिन्छ र त्यसको जम्मा जोडः हृदयघातको सम्भावनालाई बढाइदिन्छ । अझ पहिले पनि हृदयघात भइसकेका मानिसहरुमा त त्यो खतरा झनै चर्को हुन्छ । विभिन्न अध्ययनहरुबाट देखिएको छः ५ घण्टासम्म सेकेन्ड ह्यान्ड स्मोकको प्रभावमा दैनिक बस्ने मानिसको रगतमा हृदयघात गराउने खराब कोलेस्ट्रोलको मात्रा बढेर जान्छ ।
ई–सिगरेटले पनि बिग्रिन सक्छ फोक्सो
धूमपानका कारण निकोटिनले धेरै हानि गर्यो भनेर विकल्पमा आयो, ई–सिगरेट अर्थात् इलेक्ट्रोनिक सिगरेट । तर, फोक्सोको स्वास्थ्यका लागि यो विकल्प पनि शतप्रतिशत जोखिमरहित नहुने रहेछ । हालैको एउटा अनुसन्धानमा यस्तै दाबी गरिएको छ ।
त्यसअनुसार ई–सिगरेटमा तिनै विषाक्त रासायनिक पदार्थ हुन्छन्, जुन तमाखुको धुवाँमा पाइन्छन् । त्यस्ता रासायनिक पदार्थले फोक्सोको जीवाणुविरुद्घ काम गर्ने प्रतिरक्षा तन्त्रलाई धूमपान गरेपछि झैँ बेकामे बनाइदिन्छन् ।
चुरोट छोड्दा देखा पर्ने लक्षणको सामना गर्ने
चुरोट छोड्दा अन्तिम सर्को तानेको घण्टाभरमा तपाईंमा केही लक्षण देखापर्न सक्छ, जस्तैः रिस उठ्ने, चिन्ता लाग्ने, निराश हुने, निन्द्रा नलाग्ने, छट्पटी हुने, भोक लाग्ने तथा चुरोटको तलतल लाग्ने आदि हुन्छ । यी लक्षणलाई नियन्त्रणमा लिन कुनै काममा व्यस्त हुनुहोस् । क्यालोरी कम भएका खानेकुरा खानुहोस्, प्रशस्त मात्रामा पानी पिउनुहोस् । चुरोट पिउन तलतल लगाउने ठाउँ वा परिस्थितिबाट टाढै बस्नुहोस् । दस मिनेट मात्र पर्खंदा पनि तपाईलाई लागेको तलतल केही कम हुनसक्छ । कहिलेकाहीँ अब कहिल्यै चुरोट पिउन पाइन्न भन्ने विचारले मात्र पनि असह्य हुनसक्छ । तपाईंलाई त्यस्तै लाग्छ भने आज एक दिनका लागि मात्र भए पनि छोड्नुपर्यो भन्ने सोच राख्नुहोस् ।
आजकल म
चुरोटका ठुटाहरुमा जिन्दगी उडाइरहेछु
कोमल ओठहरुलाई काला बनाइरहेछु
दुनियाँको परवाह नगरी
बीच सडक, चिया पसल र गल्ली–गल्लीमा
आफैँलाई उड्न दिइ रहेछु
एउटै आसमा कि
धुवाँ हावामा मिसिन्छ
र मेरो छायालाई समेत चिन्ने तिमी,
मलाइ खोज्दै आउनेछौ
र, भन्ने छौ–
‘बिन्ती, मेरो लागि भए पनि धुवाँ उडाउन छोड ।’
कोरोनाभाइरस र धूम्रपान
चलिरहेको कोरोनाभाइरसको माहामरिले हामीलाई हाम्रो शरीर र व्यक्तिगत वित्त र धन आर्जनलाई कसरी प्रयोग गर्ने भनेर पुनर्विचार गर्न बाध्य पार्यो। मानव शरीर र दिमाग धेरै लचिलो छन्। कोभिड -१९ को यस माहामरिको समयमा सुर्तीजन्य पदार्थ र धुम्रपानको लत छोड्नु एकदम महत्त्वपूर्ण छ, किनकि यो श्वासप्रश्वासको संक्रमणको लागि ज्ञात जोखिम कारक हो र यी रोगहरूको गम्भीरतालाई बढाउँदछ। कोभिड -१९ एक संक्रामक रोग हो जसले मुख्य रूपमा फोक्सोमा आक्रमण गर्दछ। धूम्रपानले फोक्सोको कार्यलाई बिगार्छ र शरीरलाई कोरोनाभाइरस र अन्य रोगहरू विरुद्ध लड्न गाह्रो बनाउँछ। धुम्रपान र सुर्तिजन्य वस्तुको सेवनको लत लागेको व्यक्ती हरुलाई यो समय आफ्नो लत त्यग्न प्रतिकुल समय रहेको छ ।
डा. बाबुराम पाण्डे


 
 
 
				


 
				





 
																		 
																		