नेपाली कांग्रेसको संस्थापनइतर समूहको खबरदारी सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा जारी छ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमा संस्थापन समूहलाई दबाब दिन भेला राखेको हो।
संस्थापन पक्षले न्यायोचित ढंगले समानुपातिक सूची नबुझाएको भन्दै असन्तुष्ट इतर समूहले दबाब बढाएको हो। इतर समूहले पार्टीमा ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ।








