वैखरी अनलाईन, कपिलवस्तु ।
चर्चित गायक तथा सर्जक उज्जल गिरी ‘दानविर’ ले नयाँ तिजको कोसेली स्वरुप ‘तिम्रै चर्चा छ’ गित सार्वजनिक गरेका छन् । गायक गिरी र चर्चिक गायिका शान्ति श्रीपरियारको आवाजमा सजिएको तिम्रै चर्चा छ सार्वजनिक भएको हो ।
उक्त गित गायक उज्जल गिरीकै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गिरीको शब्द रहेको उक्त गितमा नरेश खाँतीले संगीत दिएका छन् । म्याजिक भिडियोमा करिस्मा ढकाल, विमल अधिकारी, अस्मिता रनमान र शक्ति खत्रीको अभिनय छ ।