गृहपृष्ठ Featured इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केहीको ज्यान गयो

इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केहीको ज्यान गयो

इजरायली सेनाले गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको ज्यान गएको इरान समर्थित समूहले पुष्टि गरेको छ ।

गएको वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ । प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दै उहाँको मन्त्रीमण्डलका कैयौँ सहकर्मीले शहादत प्राप्त गरेका हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा बिहीवार आक्रमण गरेको थियो । प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्ध शुरूभएदेखि नै इजरायलमाथि बारम्बार क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

इजरायलले सन् २०१४ देखि युद्धको चपेटामा परेको यमनको ठूलो भागलाई नियन्त्रण गरेको छ । यो मध्यपूर्वका अधिकाङ्श भागमा रहेका लडाकू समूहहरूसँगै इरानको इजरायल विरोधी गठबन्धनको हिस्सा हो ।

सम्बन्धित् समाचार