गृहपृष्ठ अन्तरास्ट्रिय खबर उत्तर काेरियाले आणविक हतियार नत्याग्ने शर्तमा ट्रम्पसँग वार्ता गर्न किम जाेङ तयार

उत्तर काेरियाले आणविक हतियार नत्याग्ने शर्तमा ट्रम्पसँग वार्ता गर्न किम जाेङ तयार

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आणविक हतियार त्याग्न जोड नदिए आफूले उहाँसँग कुरा गर्न सक्ने बताउनुभएको छ ।

उत्तर कोरियाली नेता किमले प्रतिबन्धहरू फुकुवाको बदलामा आणविक हतियार कहिल्यै नत्याग्ने बताउनुभएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सर्वाेच्च जनसभालाई सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटको सम्झना अझै रहेको बताउनुभएको खबरमा उल्लेख छ । ट्रम्पको पहिलो राष्ट्रपतित्वकालमा दुई नेताबीच तीन पटक भेट भएको थियो ।

यसैबीच दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले ट्रम्प र किमबीच आणविक हतियार हटाउनुको सट्टा उत्पादन रोक्ने विषयमा सहमति भएमा आफूले त्यसलाई स्वीकार्ने बताउनुभएको छ ।

उत्तर कोरियाले सन् २०२२ मा आफूलाई आणविक शक्ति राष्ट्र घोषणा गर्दै आफ्नो हतियार कहिल्यै नत्याग्ने वाचा गरेको थियो ।

सम्बन्धित् समाचार