गृहपृष्ठ Featured गाजामा बन्धक बनाएकाहरुलाई रिहा गर्न हमास तयार

गाजामा बन्धक बनाएकाहरुलाई रिहा गर्न हमास तयार

प्यालेस्टिनी विद्रोही समूह हमास इजरायलबाट बन्धक बनाएर रिहा गर्न बाँकी सबैलाई रिहा गर्न तयार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समय सीमाको अन्तिम क्षणमा हमासले बाँकी बन्धक रिहा गर्न तयार रहेको जनाएको हो । तर हमासले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमतीका केही बुँदामा शंसोधन हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

हमासले बन्धकको रिहा गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा लेखेर ट्रम्पले हमास सहमतिको बाटोमा आएको र यसबाट गाजामा शान्ति स्थापना हुने मार्ग खुलेको भन्दै आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ ।

यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा सहित मध्यपूर्वमा शान्तिका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

 

सम्बन्धित् समाचार