गृहपृष्ठ Featured दार्जिलिङमा पहिरो, अहिलेसम्म १३ जनाको मृत्यु

दार्जिलिङमा पहिरो, अहिलेसम्म १३ जनाको मृत्यु

भारी वर्षाका कारण पश्चिम बंगालस्थित दार्जिलिङमा भीषण पहिरो गएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मिरिक-सुखियापोखरी सडकको पहाडको एक भाग नै खस्दा धेरै घरहरू भत्किएका छन् भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ।

पहिरोपछि सडकमा थुप्रिएका भग्नावशेषले उद्धार प्रयासमा बाधा पुर्‍याइरहेको छ। वरपरका धेरै क्षेत्रमा सवारीसाधन आवागमन र सञ्चार अवरुद्ध भएको छ। मिरिकमा एउटा फलामको पुल पनि भत्किएको छ।

भारी वर्षाका कारण टिस्टा नदीमा बाढी आएको छ। टिस्टाबजार नजिकै बालुखोलामा आएको बाढीले सिलिगुडीलाई सिक्किम र कालिम्पोङसँग जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेको छ।

दार्जिलिङ सहरका धेरै भागसँग सम्पर्क पनि टुटेको छ।

सम्बन्धित् समाचार