गृहपृष्ठ Featured ‘धानबाली बुधबारबाट मात्रै भित्र्याउन उपयुक्त हुन्छ’

‘धानबाली बुधबारबाट मात्रै भित्र्याउन उपयुक्त हुन्छ’

नेपालबाट मनसुन बाहिरिन सुरू गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका धेरै र गण्डकीका केही भूभागबाट मनसुन बाहिरिएको बताएको छ।

मनसुनी वायु कमजोर भएसँगै पश्चिमी भूभागमा पश्चिमी वायु सक्रिय भएको विपदविद् धर्मराज उप्रेतीले बताए।

जसका कारण सुदूरपश्चिमको डडेलधुरा, बैतडी, दार्चुलामा सोमबार साँझ राम्रै वर्षा भयो।

मंगलबार बिहान पनि दैलेख, कालीकोट, हुम्ला, बाजुरामा वर्षा भइरहेको छ। बुधबारसम्म पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले पनि जानकारी दिएको छ।

बाढी पूर्वानुमान महाशाखाले मंगलबार जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला र आसपासका जिल्लाका ससाना नदीहरूमा पानीको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताएको छ।

विपदविद् उप्रेतीले बुधबारदेखि पश्चिमी वायु कमजोर हुने र घाम लाग्ने भएकाले त्यसपछि बाली भित्र्याउनु उपयुक्त हुने सुझाव दिएका छन्।

‘पश्चिमी वायुको असोज २२ गतेसम्म रहने पूर्वानुमान छ र आउँदो बुधबारदेखि कमजोर हुने र घाम लाग्ने छ,’ उनले भनेका छन्।

सम्बन्धित् समाचार