सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार दलहरूको पनि चाहनामा बनेको दाबी गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले बुधबार राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका बेला यस्तो बताएका हुन्।
‘यो जेन–जी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो,’ खरेलले भने, ‘निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ। यसै क्रममा निर्वाचन आयोगबाट कार्य तालिका प्रकाशन भइसकेको छ।’
मन्त्री खरेलले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राजनीतिक दलहरूसँग संवाद भइरहेको पनि दाबी गरे।
–रासस