कपिलवस्तु — विश्व दृष्टि दिवसको अवसर पारेर नेपाल नेत्रज्योति संघ तौलिहवा आँखा अस्पतालले प्रहरीका लागि निःशुल्क आँखा उपचार शिविर सम्पन्न गरेको छ ।
बिहीबार प्रहरी र ट्राफिक प्रहरीको निःशुल्क आँखा उपचार गरिएको हो ।
सदरमुकाम तौलिहवा आसपास कार्यरत ५२ जना प्रहरी र ट्राफिक प्रहरीको आँखा परीक्षण गरी निःशुल्क औषधि दिइएको छ ।
त्यस्तै २५ जनालाई चस्मा आवश्यक परेकाले चस्मा पनि निःशुल्क वितरण गरिएको छ । आँखाको मोतियाबिन्दुको शल्यक्रिया गराएका ४७ जना बिरामीलाई फलफूल पनि वितरण गरियो ।