वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित काली मन्दिरका पुजारी करिब नौ किलो गाजा सहीत पक्राउ परेका छन ।
मन्दिर भित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी ८ किलो ७ सय ६० ग्राम ज्फ्फ्फगाजासहित पक्राउ परेका हुन ।
स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी बदमासी गरेको उजुरी गरे पछि प्रहरीले मन्दिर भित्र खानतलासी गर्दा गाजा बरामद भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।
पुजारीको साथबाट ८ हजार २ सय २४ रुपैया नगदसमेत बरामद भएको छ । पक्राउ परेका पुजरीलाई अदालतबाट १३ दिनको म्याद थपेर कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।