आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र जापान भिड्दै छन्।
ओमान क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
नेपाल र जापान समूह चरणको एक खेलअघि नै सुपर सिक्समा पुगिसकेका छन्।
समूह बीमा लगातार दोस्रो हार बेहोर्दै कतार समूह चरणबाट बाहिरिसकेको छ।
कतारको लगातार दोस्रो हारले नेपाल र जापान एक खेलअघि नै सुपर सिक्समा पुगेका हुन्।
नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले हराएको हो।जापानले कतारलाई ५ विकेटले हराएको हो।
नेपाल रहेको समूह बीमा कुवेतसँगै जापान छन्। समूह एमा मलेसिया, कतार र यूएई छन्। समूह सीमा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
एसिया एन्ड इस्ट एसिया छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्।