दाङ ।
बाँके प्रहरीले वरिष्ठ सईसहित १४ जना जुवाडे पक्राउ गरेको छ । वरिष्ठ सई शाही कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत छन् ।
उनी बिदामा थिएनन् । ड्युटी समयमै जुवामा पक्राउ परेका हुन् । बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज ४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना समेत छन् ।
त्यसैगरी जुवाको खालबाट विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरूण गौतम, विनोद खड्का, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसी पक्राउ परेका छन् ।
उनीहरूको साथबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र १० गड्डी तास बराम गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।