गृहपृष्ठ Featured बिहान–बेलुका चिसो बढ्न थाल्यो

बिहान–बेलुका चिसो बढ्न थाल्यो

काठमाण्डौ – केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ । दिउँसो पनि राम्रोसँग घाम लाग्न सकेको छैन । मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ भने मध्य र पूर्वी क्षेत्रमा मनसुनी तथा स्थानीय वायुको सामान्य प्रभाव छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

 

 

सम्बन्धित् समाचार